ad ad

राजनीति


युवालाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक : ओली

युवालाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक : ओली

फाइल फोटो


नेपालखबर
चैत २, २०८० शुक्रबार १५:२१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्द चिन्ता व्यक्त गरेका छन्।

शुक्रवारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली युवाहरु अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जाने प्रवृत्ति रहेको बताए।

अध्यक्ष ओलीले अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो रहेको बताए। उनले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरुमा पनि ठूलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताए।

उनले युवा पुस्तालाई कुनैपनि देश पैसा भएर धनी हुने नभइ विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्नेकुरा बुझाउन जरुरी रहेको बताए। युवाहरुमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने बताए।

उनले भने, ‘कुनैपनि देश पैसा भएर धनी हुने होइन, विकास गर्छ, अनि धनी हुन्छ, अनि पैसा कमाउँछ। कुनैपनि देशले रेडिमेट विकास पाएको छैन। हामीले युवा पंक्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ र मात्रै विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्नेकुरा बुझाउनु पर्छ। हाम्रा युवाहरु देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, हामी गर्नसक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ।’

अध्यक्ष ओलीले सरकारको तर्फबाट पनि उद्यमशिलताको प्रवृत्ति जगाउने, उद्यमशीलताको विकास हुने, उद्यमशीलतामार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताए।

उनले सरकारले आधारहीन ढंगबाट रोजगारीका अवसर सिर्जना गर्न सम्भव नरहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .