सरकारले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक-२०८०’ पेश गरेको छ।
शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेश गरेका हुन्।
बैठकमा सांसदहरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल शुरु भएको छ।
छलफलमा भाग लिँदै एमालेकी सांसद भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताए।
प्रतिक्रिया