राजनीति


रञ्जिताको निर्देशन : प्रचण्डलाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुनू

रञ्जिताको निर्देशन : प्रचण्डलाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुनू

नेपालखबर
फागुन २९, २०८० मंगलबार १८:४६, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन जारी गरेकी हुन्। 

नाउपा संसदीय दलकी नेतासमेत रहेकी श्रेष्ठले ४ जना सांसदलाई बुधबारको संसद् बैठकमा सबै चारजना सांसदलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएकी छन्। 

‘प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ। सबै सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन जारी गरेका छौँ’, रञ्जिताले भनिन्।

नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री दाहाल फागुन ३० मा प्रतिनिधि सभाबाट विश्वासको मत लिंँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .