ad ad

राजनीति


राष्ट्रिय सभा अध्यक्षको निर्वाचन (लाइभ)


नेपालखबर
फागुन २९ , काठमाडौँ

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरु भएको छ। 

नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच राष्ट्रिय सभाको अध्यक्षका लागि आज प्रतिस्पर्धा हुँदैछ।

दाहाललाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका साथै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन छ। सत्तारुढ सबै दलले दाहाललाई मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्। 

शर्मालाई कांग्रेस, लोसपासहितका दलको समर्थन छ। 

गठबन्धनमा तलमाथि नभए दाहालले बहुमत पाउने निश्चितजस्तै छ। सत्ता गठबन्धनसँग ३९ सांसद छन्। अध्यक्ष जित्न २९ मत चाहिन्छ।  

राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत पाउने उम्मेदवार निर्वाचित हुने कानुनी व्यवस्था छ। 

यस निर्वाचनबाट आउने अध्यक्ष नयाँ संविधानबमोजिमको राष्ट्रिय सभाको दोस्रो अध्यक्ष हुनेछन्। 

पहिलो अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि यही फागुन २० गते सकिएकाले यो पद रिक्त भएको हो।  

फागुन २९, २०८० मंगलबार ११:३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .