ad ad

राजनीति


संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानुन चाँडै बनाउँछौँ : कानुनमन्त्री

संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानुन चाँडै बनाउँछौँ : कानुनमन्त्री

नेपालखबर
फागुन २८, २०८० सोमबार १५:४, काठमाडौँ

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानुनहरू निर्माण गरिने बताएका छन्। 

सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित ब्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले संघीयता कार्यान्वयनका बाँकी काम सक्न आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए। 

देशमा निर्माण हुने कतिपय कानुनहरूमा बाहिरी हस्तक्षेप हुने गरेको ब्यवसायीयहरुले गुनासो गरेपछि मन्त्री गिरीले स्वाधीन अर्थतन्त्र जर्गेना गर्नु आजको आवश्यकता भएको उल्लेख गरे। 

नेपालको लागि नेपाली आफैँले कानुन निर्माण गर्ने प्रतिबद्धता मन्त्री गिरीले ब्यक्त गरे। 

पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको र युवा पलाएन नरोकिएको भन्दै मन्त्री गिरीले चिन्ता ब्यक्त गरे।

उनले देशमा निर्माण हुने नीति, नियम र कानूनहरुले देशको भविश्य निर्धारण गर्ने भन्दै कानून निर्माणमा सवै पक्ष  गम्भीर हुनेपर्ने धारणा राखे। 

मन्त्री गिरीले संविधान कार्यान्वयन र कतिपय पुराना कानूनहरु संसोधनको महत्वपूर्ण जिम्मेवारी अझै पनि बाँकी रहेको भन्दै त्यसमा वर्तमान सरकारको दायित्व रहेको बताए। 

देशभर अहिले देखिएको सहकारी समस्या समाधानका लागि कानुन संशोधन गर्न आवश्यक रहेको गिरीको भनाइ छ।

वचतकर्ताले न्याय पाउने गरी कानुन संशोधन गरेर भए पनि सहकारी समस्या समाधान गर्न सरकार तयार रहेको उनले स्पष्ट पारे। 

सोमबार नै पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका गिरीले झन्झटिला कानुनी प्रावधानका कारण देशका कतिपय विकास निर्माणका कामहरूसमेत रोकिएको भन्दै त्यस्ता कानुन संशोधनको आवश्यकता रहेको औँल्याए। 

गृहजिल्ला पर्वतको भ्रमणका आएका गिरीले गृह वडा कुश्मा नगरपालिका वडा नं. ३ मा आयोजित वडा कार्यालयको स्वागत कार्यक्रमलाई समेत कानुन मन्त्री गिरीले सम्बोधन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .