ad ad

राजनीति


प्रतिवेदन संशोधन गर्न गगन तयार भएको संस्थापन पक्षको दाबी

प्रतिवेदन संशोधन गर्न गगन तयार भएको संस्थापन पक्षको दाबी

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८० सोमबार १२:१६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले महासमिति बैठकका लागि तयार पारेको प्रतिवेदन संशोधन गर्न तयार भएको संस्थापन पक्षका नेताहरूले दाबी गरेका छन्। 

सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापा प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे। 

‘डकुमेन्ट साझा आउँछ। संशोधन भएर आउँछ,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘महामन्त्रीज्यु कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ।’

सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीतर्फ लागेका छन्। 

विश्वकर्माका अनुसार आज उद्घाटन सत्र मात्र हुनेछ। ‘महामन्त्रीज्युको प्रतिवेदन आजै बेलुकी प्रिन्ट हुन्छ,’ उनले थपे, ‘भोलि बिहानबाट बन्द सत्र सुरु हुन्छ। सोही सत्रमा प्रतिवेदन पेस हुन्छ।’

महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए। विशेषगरी गठबन्धन, राष्ट्रिय सभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो। 

सो असन्तुष्टिबारे छलफल गर्न आइतबारबाटै देउवा र थापाबीच संवादको प्रयास भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .