ad ad

राजनीति


वितृष्णाको वातावरणमा प्रतिगामीहरू खेल्न खोज्दैछन् : सभामुख घिमिरे

वितृष्णाको वातावरणमा प्रतिगामीहरू खेल्न खोज्दैछन् : सभामुख घिमिरे

नेपालखबर
फागुन ३, २०८० बिहिबार १५:५५, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नको लागि एतावद्ध हुन जरुरी रहेको बताए।

उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता रहेको बताए। उनले  समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताए।

सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गरे।

उनले भने, ‘अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोशिस भइरहेको छ, यसलाई सामना गर्न मुलतः राजनीतिक दलहरुले र सँगै सम्पूर्ण नागरिकहरुले यसको सामना गरेर अघि बढ्नको लागि एतावद्ध भएर अघि बढ्नुपर्छ।’

सभामुख घिमिरेले सरकारले संसदमा बिस्तारै बिजनेस दिइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .