ad ad

राजनीति


संक्रमणकालीन न्याय राजनीतिक लेनदेनको विषय हुन सक्दैन : शेखर कोइराला

संक्रमणकालीन न्याय राजनीतिक लेनदेनको विषय हुन सक्दैन : शेखर कोइराला

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १, २०८० मंगलबार १८:४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिक लेनदेनको मुद्दा बनाइन नहुने बताएका छन्।

‘संक्रमणकालीन न्यायको विषयलाई सत्ताको भर्‍याङ र राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस', उनले भने।

कोइरालाले पीडितहरूको सहमतिबिना संक्रमणकालीन न्यायको मुद्दा समाधान नहुने भन्दै एकपक्षीय रुपमा यसलाई टुङ्ग्याउन खोजे थप जटिलता ल्याउने पनि बताए।

कोइरालाले ६ महिनामा यसलाई टुंग्याउने भनेर संविधानमा लेखिए पनि यति लामो समय समाधान नगर्दा मानवअधिकारको विषयमा अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि बिग्रिएको बताए।

मानवअधिकार एलाइन्सले राजधानी काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नेतालाई लोकतन्त्र आए पनि जनतालाई अझै नआएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .