ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड युगान्डाबाट नेपालका लागि प्रस्थान

प्रधानमन्त्री प्रचण्ड युगान्डाबाट नेपालका लागि प्रस्थान

नेपालखबर
माघ ७, २०८० आइतबार ६:५७, काठमाडौँ

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) स्वदेश फर्किंदैै छन्। 

यस क्रममा उनी युगान्डाबाट नेपाली समयानुसार आज बिहान २:४५ बजे कतारको दोहा अवतरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

त्यहाँबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आजै बिहान ९ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ। 

असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औँ शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .