ad ad

राजनीति


भट्टराई भन्छन्- खुलामञ्चलाई उसकै स्वरूपमा रहन देऊ*

भट्टराई भन्छन्- खुलामञ्चलाई उसकै स्वरूपमा रहन देऊ*

नेपालखबर
माघ ५, २०८० शुक्रबार १५:२२, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुला मञ्चलाई फुटबल मैदान बनाउन नहुने बताएका छन्।

पुरानो फोटो सामाजिक सञ्जालमा राख्दै डा भट्टराईले खुलामञ्चलाई खुलै रहन दिन माग गरेका छन्।

तस्बिरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै रास्वपाका सभापति रवि लामिछानेलगायतले प्लेकार्ड लिएर खुला मञ्चमा उभिएका छन्।

भट्टराईले खुलामञ्च ‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिविम्बस्थल’ रहेको बताउँदै यसलाई खुलै रहन दिन माग गरेका छन्।

‘बरु खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुलारूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाऊँ!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवन्त लोकतन्त्रमा संसद मात्र होइन, सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ। हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभ संकेत हैन।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई फुटबल मैदान बनाउन छलफल थालेपछि त्यसको विरोध भएको छ।

*भूलसुधार : यसअघि यसै समाचारमा भूलवश असान्दर्भिक विवरण समावेश हुन पुगेकोमा क्षमायाचनासाथ सच्याएका छाैँ- सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .