नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ।
राष्ट्रियसभाको निर्वाचन र विधान संशोधन मस्यौदालगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने एकीकृत समाजवादीले जनाएको छ।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रतिपक्ष एमालेलाईसमेत राष्ट्रियसभाका सिटमा भागबन्डा गर्न खोजेपछि अर्को सत्तारुढ दल एकीकृत समाजावदी रुष्ट बनेको छ। आजको बैठकमा त्यस विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए।
24
Shares
प्रतिक्रिया