राजनीति


कांग्रेसभित्र चलखेल गर्न चाहेको छैन : ओली

कांग्रेसभित्र चलखेल गर्न चाहेको छैन : ओली

फाइल फोटो


नेपालखबर
पुस १६, २०८० सोमबार १६:३, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस भित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गरेका हुन्।

अहिलेको राज्य संचालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालि दिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर थियो। अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए।

उनले भने, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालि दिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन। त्यसकारण म त्यतापट्टी बिल्कुलै जान चाहन्न। कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न। त्यस सीमा भित्र मात्रै म बोल्छु।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो? भनि प्रश्न समेत गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .