ad ad

राजनीति


रविले भने– गृह प्रशासनले विदेश गएर पेट पाल्न चाहने युवाको हत्या गर्‍यो

रविले भने– गृह प्रशासनले विदेश गएर पेट पाल्न चाहने युवाको हत्या गर्‍यो

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार ११:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्टि पोखेका छन्। 

राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे डाकिएका गृहमन्त्री श्रेष्ठलाई उनकै नेतृत्वको गृह प्रशासनले विदेश गएर पेट पाल्न खोज्ने युवाको हत्या गरेको बताएका हुन्। 

‘गृहमन्त्रीज्यू तपाईं नेतृत्वको गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भनेको युवाको हत्या गर्‍यो’, उनले भने, ‘यो कुराको हेक्का राख्नुस्। प्रशासनले अब गम्भीरतापूर्वक तपाईंलाई लिँदैन।’ 

गोली कहिले चलेको कुरामा अहिले पनि क्लियर हुन नसकेकोमा उनले गृहमन्त्री श्रेष्ठप्रति रोष पोखेका थिए। 

उनले थपे, ‘समुद्रमा हराएको टाइटानिक भेटिएला तपाईंहरुमा नैतिकता भेटिँदैन।’ 

उनले मान्छेको छाती घुँडाभन्दा तल हो? आदेशमा त घुँडाभन्दा तल चलाउनु भन्ने देखिएको भन्दै प्रश्न गरे। सानो दर्जाको कर्मचारीलाई बलली चढाउने काम भएको भन्दै सांसद रविले गृहमन्त्रीको स्पिरिटमा प्रहरी नरहेको पनि दाबी गरे। 

‘तपाईंको स्पिरिटभित्र प्रहरी रहेन। गृहमन्त्री त्यो नारायणकाजी रहेन। पदको लोभमा बसेको नारायणकाजी रह्यो’, उनले भने।  

प्रहरीले गृहमन्त्रीको भनाइ मान्न छाडेको भन्दै उनले यो सिङ्गो कनेक्सनमा गृहमन्त्री श्रेष्ठ प्रभावित बनेको बताए। 

‘तपाईंलाई आदर्श नेताको रुपमा हेरेको हो, तपाईंको स्पिरिट प्रहरी प्रशासनले काम गर्न छाड्यो’, उनले भने, ‘नैतिकताको प्रश्न खडा भएको छ। म सिकारु राजनीतिज्ञले नैतिकता सिकाउने हैसियत त राख्दिन। तर गृह प्रशासन काम गर्न दिने अवस्थामा छैन।’ 

उनले गृहमन्त्री श्रेष्ठलाई तपाईं एउटा पदका लागि बस्ने मान्छे जस्तो नलागेको भए पनि दिनदहाडै मानिसहरूको मृत्यु भइरहेको बेलामा चुनाव हारेकै बेलामा राष्ट्रिय सभामा आइपुग्नु र गृहमन्त्री बन्नु राम्रो नभएको संकेत गरे।  

‘तपाईं बाटो बिराउँदै त हुनुहुन्न?’, रविले सोधे। 

उनले आफूहरु सरकारमा नआउने भन्दै डर नमान्न अनुरोध समेत गरे। 

‘तपाईंलाई हामी सरकारमा आउन लाग्यो भन्ने लाग्यो कि के हो? त्यही भएर डराउनुभएको हो? हामी कुनै पनि हालतमा सरकारमा आउने रेसमा छैनौँ’, उनले भने, ‘तपाईं यो कुरामा ढुक्क हुनुस, हामी सरकारमा आएर मन्त्रालय लिदैनौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .