ad ad

राजनीति


राज्य व्यवस्था समितिमा कांग्रेस सांसद बडुको प्रश्न- मन्त्रीको गाडीमा आगो लगाइहाल्ने व्यक्ति को हुन्?

राज्य व्यवस्था समितिमा कांग्रेस सांसद बडुको प्रश्न- मन्त्रीको गाडीमा आगो लगाइहाल्ने व्यक्ति को हुन्?

नेपालखबर
पुस १६, २०८० सोमबार १०:३४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। 

आज बिहान बसेको समितिको बैठकमा बडुले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाउने व्यक्ति को हुन् भनी प्रश्न गरे। 

उनले भने, ‘आगो लगाइहाल्ने व्यक्ति को हुन्? त्यही भीडबाट आएका युवाले नै आगो लगाएका हुन् कि अरू कुनै बाहिरबाट आएर त्यस्तो घटना घटाए? बाहिरबाट आएकाले यो घटना घटाएका हुन् कि?’

यस्तै सांसद बडुले घटनाबारे ईपीएस कोरिया शाखाले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए। 

उनले भने, ‘ईपीएसको कार्यालयबाट यो घटना ठूलो हैन भनेर जसरी कुरा आयो, यहीँबाट गल्ती सुरु भएको हो। अदालतको निर्णय सम्हाल्न सक्नुपर्थ्यो।’

यस्तो परिस्थितिमा मन्त्रीका पीएसओले पनि गम्भीर रूपमा लिन नसक्नु अर्को गल्ती भएको उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .