राजनीति


तस्बिरमा हेर्नुस् एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

तस्बिरमा हेर्नुस् एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस ११, २०८० बुधबार १२:३५, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक काठमाडौँमा सुरु भएको  छ। 

बैठक मध्यान्ह १२ बजेदेखि सुरु भएर तीन दिनसम्म चल्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

बैठकमा पार्टीको विधान हेरफेरसहित आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल हुने छ। बैठकमा प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिने खतिवडाले बताए।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकाे तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड, सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न कार्ययोजनाबारे पनि छलफल हुँदैछ।

बैठकमा विधान संशोधन प्रस्तावमा पनि छलफल हुने खतिवडाले बताए। बैठकका लागि देशभरबाट समाजवादीका केन्द्रीय सदस्यहरू काठमाडौँमा जम्मा भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .