ad ad

राजनीति


एमालेको यात्राले राजतन्त्र फर्काउँछौँ भन्नेको भाष्य असान्दर्भिक बनायो : केपी ओली

एमालेको यात्राले राजतन्त्र फर्काउँछौँ भन्नेको भाष्य असान्दर्भिक बनायो : केपी ओली

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०८० आइतबार १३:४०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ दिनसम्म चलेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ले राजनीतिक रुपमा स्थापित गर्न खोजिएका गलत भाष्यहरू असान्दर्भिक बनाइदिएको दाबी गरेका छन्। 

यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशबारे जानकारी गराउन आइतबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘कोही कोही राजतन्त्र फर्काउँछौं, यो अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्ने भाष्यहरूलाई असान्दर्भिक बनाइदिएको छ,’ ओलीले भने, ‘सामाजिक सद्भाव, एकता बिथोल्ने खालका चेतना सम्भव छैन।’

अहिले पनि केही मान्छेहरू राणा शासन र पञ्चायत नै ठिक थियो भन्ने भेटिने गरेको भन्दै उक्त कुरा स्वीकार्य हुन नसक्ने बताए। 

‘राणा शासननै राम्रो थियो र पञ्चायत नै राम्रो थियो भन्ने पनि भेटिन्छन्। त्यो ग्राह्य, स्वीकार्य हुन सक्दैनौं। हामी गलत भाष्यलाई चिर्न र नयाँ यथार्थ भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने, ‘हामी सफल भएका छौँ। एउटा राजनीतिक रुपमा रहेको अस्थिरता, अन्यौल, निराशा जस्ता कुराहरूले जनतामा आइरहेको नैराश्यभावलाई यस यात्राले चिर्ने काम गरेको छ।’

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डात्तोलन गरी सुरु भएको यो अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म चलेको थियो।

अभियानअन्तर्गत एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो। 

१८ दिनसम्म चलेको अभियानको अन्तिम आमसभा भने मंसिर ३० गते पाँचथरको फिदिममा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .