ad ad

राजनीति


राजसंस्था पुनःस्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : कमल थापा

राजसंस्था पुनःस्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : कमल थापा

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापा


नेपालखबर
मंसिर २४, २०८० आइतबार १५:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन्।

उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरु नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताएका हुन्। उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने पनि बताए। 

‘हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको एजेण्डाको मुख्य संवाहक राप्रपा नेपाल भएको। हामीले नै अब यो एजेण्डा स्थापित गर्नका निमित्त आन्दोलन नै अन्तिम विकल्प भएको ठहर गरेको र त्यो लक्ष्य प्राप्त गर्नको निमित्त बृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्छ भनेर हामीले नै अग्रसरता लिएको सबै साथीहरुलाई जानकारी नै छ,’ उनले भने, ‘संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ। यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन्। त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो। यो सन्देश हामीले आम जनता समक्ष दिनुपरेको छ। अर्थात् संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताउँदै अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उनको भनाई छ।

उनले यसको निम्ति सम्पूर्ण जनताहरुलाई सडकमा आउन अपिल गरे।

‘अब हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ। यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन। तसर्थ सम्पूर्ण जनता सडक संघर्षमा आउनु जरुरी छ। र यो लक्ष्य प्राप्त गर्नको निमित्त केवल राप्रपा नेपालको एक्लो प्रयासले मात्रै सम्भव छैन,’ उनले भने, ‘हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न चाहने र सुशासनको माध्यमबाट आर्थिक समृद्धि चाहाने सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी दल, समूह र पक्षहरु समावेश भएको मोर्चा निर्माण गरेर आन्दोलनलाई अगाडी बढाउनुपर्दछ।’

अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रुपमा कमजोर भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .