ad ad

राजनीति


शान्ति प्रक्रिया टुंग्याउन गुटेरेसको सद्भाव मात्र रहन्छ : एमाले सचेतक गिरी

शान्ति प्रक्रिया टुंग्याउन गुटेरेसको सद्भाव मात्र रहन्छ : एमाले सचेतक गिरी

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १७:२३, काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताएका छन्।

प्रमुख सचेतक गिरीले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने जिम्मेवारी नेपालकै राजनीतिक दलको भएको बताएका हुन्।

उनले नेपालको शान्ति प्रक्रियामा अनमिन समेत सहभागी भएका कारण यसको बारेमा महासचिवले चासो राख्नसक्ने बताए।

उनले संयुक्त राष्ट्र संघको महासचिवले शान्ति प्रक्रिया राम्रोसँग टुंगियोस् भन्ने सद्भाव मात्रै राख्न सक्ने बताए।

नेपाली विशिष्टतामा शान्ति प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै गिरीले नेपालकै मौलिकता र विशिष्टतामा उभिएर टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए।

यसप्रति नेपालका राजनीतिक दल जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

‘मुलभूत रूपमा यो विषयलाई टुंगो लगाउने काम चाहिँ देशभित्र भएका राजनीतिक शक्तिको हो,’ सचेतक गिरीले भने, ‘राजनीतिक दलहरूले यस विषयलाई बुझ्नुपर्छ।’

पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुनुपर्नेमा गिरीले जोड दिए।

यसका साथै, महासचिवको भ्रमणका बेलामा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउनुपर्ने गिरी बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .