नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्ति सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सुवालले यस्तो बताएका हुन्।
नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै उनले नेपालीको सम्पत्ति सीमाङ्कन गर्न आवश्यक रहेको बताए।
यसका साथै उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए।
देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्नेमा सुवालले जोड दिए।
त्यस्तै, सरकारी बिदा धेरै भएको जनगुनासो आएको भन्दै उनले र हाल कायम सरकारी बिदाको एक चौथाइ बिदा कटौती गर्न माग गरे।
सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीले स्वयंसेवी भावना राखेर काम गर्नुपर्नेमा जोड दिए।
Shares
प्रतिक्रिया