ad ad

राजनीति


एनआरएनएमा २३ जना निर्विरोध, ८ पदमा उम्मेदवारी नै परेन

एनआरएनएमा २३ जना निर्विरोध, ८ पदमा उम्मेदवारी नै परेन

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०८० बुधबार १३:१३, काठमाडौँ

काठमाडौँमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अधिवेशनअन्तर्गत २३ जना निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय संयोजक र उपसंयोजकका एकल उम्मेदवारी पर्दा २३ जना निर्विरोध भएका हुन्। 

८ वटा पदका लागि भने उम्मेदवारी नै नपरी खाली भएका छन्। 

मंगलबार राति सार्वजनिक गरिएको अन्तिम उम्मेदवारको नामावलीमा अध्यक्षमा ४ जना नै प्रतिस्पर्धा गर्ने भएका छन्। डा. बद्री केसी, महेश कुमार श्रेष्ठ, रोविना थापा र राजेन्द्रकुमार शर्माले अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्। 

काठमाडौंमा उपस्थित प्रतिनिधिले बिहीबार मतदान गर्दैछन् भने विदेशमा रहेका नेपालीले आज रातिबाटै अनलाइन भेरिफिकेसनको आधारमा मतदान गर्ने छन्। 

निर्वाचन समितिका अनुसार अफ्रिका क्षेत्रीय संयोजकमा पुष्पराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। तान्जिनिया बसोबार गर्दै आएका भट्टराईको एकल उम्मेदवारी मात्रै परेको थियो। अफ्रिकाको क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी नै परेको छैन।

ओसियाना क्षेत्रको कोर्डिनेटरमा अस्ट्रेलियाका दिनेश पोखरेल निर्वाचित भएका छन्। उपसंयोजकमामा अस्ट्रेलियाका अरुणकुमार ठाकुर, गोकुलप्रसाद घिमिरे र कोमल राज पाठक निर्विरोध भएका छन्। 

अमेरिकाको उपसंयोजकमा गोविन्द सुवेदी, पूर्णचन्द्र बानियाँ, सञ्जयकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। 

अफ्रिका महिला संयोजकमा खेसना लिम्बु, अमेरिकाको संयोजकमा इन्द्रिया त्रिपाठी, मध्यपूर्व संयोजकमा बहराइनकी लक्ष्मी गिरी, ओसियाना संयोजक रेणुका लामा निर्विरोध भएका छन्। 

अफ्रिकाको उपसंयोजकमा उम्मेदवारी नै परेन।

अमेरिका क्षेत्रका लागि बिन्दु निरौला निर्विरोध निर्वाचित भएकी छन्। युरोपको सहसंयोजकमा भावानी तिवारी, मध्यपूर्वका सरिता भण्डारी पौडेल निर्विरोध भएको छ। एसिया प्यासेफिकमा उम्मेदवारी नै परेन। 

अफ्रिकाको युवा संयोजकमा उम्मेदवारी परेन। अमेरिकाका लागि स्वराज खत्री, एसिया प्यासेफिकका लागि विकास बस्नेत, युरोपक लागि प्रकाश भण्डारी, मध्यपूर्वका निरञ्जनप्रसाद सिलवाल,ओरियानामा सूर्य आचार्य निर्विरोध भएका छन्।

अमेरिकाक लागि विशाल राना, एसिया प्यासेफिक नारायण खड्का, मध्यपूर्वका कृष्णकुमार ठाकुर निर्विरोध भएका छन्।

ओसियाना, युरोप र अफ्रिकाको युवा सह संयोजकमा उम्मेदवारी नै परेन।  दोस्रो पुस्ताको संयोजकका लागि उम्मेदवारी नै परेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .