ad ad

राजनीति


कांग्रेसप्रति प्रधानमन्त्रीको कटाक्ष– पार्टी हो कि मञ्च हो बुझिसाध्य छैन

कांग्रेसप्रति प्रधानमन्त्रीको कटाक्ष– पार्टी हो कि मञ्च हो बुझिसाध्य छैन

नेपालखबर
असोज २९, २०८० सोमबार १९:१४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी, मञ्च वा मोर्चा के हो भनेर बुझ्न नसकिएको भन्दै कटाक्ष गरेका छन्।

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले एमाले र कांग्रेसको अन्तुष्टि लाजमर्दो भएको पनि बताए। 

‘ठूला पार्टीभित्रको डाइमिइस आफ्नै खालको छ, कांग्रेस त पार्टी हो कि पाटी हो, मञ्च हो कि मोर्चा, बुझी साध्य छैन, अस्ती कोशीमा दुई वटा गठबन्धन बने, एउटा हाम्रो अर्को एमाले र असन्तुष्ट कांग्रेसको, लाजमर्दो!,’ उनले भने।

साथै, उनले कोशी प्रदेशमा चलखेल सफल हुन नसक्ने दाबी गरे। 

‘कोशीमा फेरि चलखेल भएको छ, विश्वासको मत अघिसम्म हामीले नेपाली कांग्रेसका एक जना मन्त्री बनाउने भनेका थियौँ,’ दाहालले भने, ‘अरु मन्त्री नबनाउने भनेका थियौँ, फेरि एमालेका पनि त्यहाँ छिराइहालेछन्, त्यो आज करेक्सन गर्दैछौँ।’

नेकपा एमाले सत्तारुढ गठबन्धन भत्काउन लागेकोले त्यो सफल नहुने उनले बताए। 

‘यो गठबन्धन ५ वर्ष जान्छ, कसैले हिलाउन सक्ने स्थिती छैन,’ उनले भने, ‘गठबन्धन भत्काउने चलखेल सफल हुन नदिनेमा हामी सबै सजग छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .