ad ad

राजनीति


एमाले एक्लै ८० र कांग्रेस ९० सिटको नजिक छ, मिलाएर नठोके आफैं ठोकाइ खाइन्छ : प्रचण्ड

एमाले एक्लै ८० र कांग्रेस ९० सिटको नजिक छ, मिलाएर नठोके आफैं ठोकाइ खाइन्छ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८० सोमबार १७:५०, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति अनुसार मिलाएर नठोके राजनीतिक परिस्थिति सजिलो नदेखिएको बताएका छन्। 

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कहिलेकाँही कार्यकर्ताहरूले ठोक्नुस् भन्ने गरेपनि परिस्थिति ठोक्न मिल्ने खालको नभएको बताए। 

अहिले सरकारको नेतृत्व गर्ने कुरा सहज नभएको भन्दै उनले विशेषतः समाजवादी मोर्चामा सहभागी ४ दललाई समस्या भएको बताए। 

‘अहिले सरकारको नेतृत्व गर्ने कुरा सजिलो छैन। अझ हामी ४ वटालाई सजिलो छैन। विप्लवजीलाई बरु अलिकति स्वतन्त्रता छ। जम्मा चार दलको जम्मा ५४ सिट छ। नेपाली कांग्रेस एक्लै ९० सिटको अवस्थामा छ। एमाले एक्लै ८० को नजिक छ। साथीहरु कहिलेकाहीँ ठोक्नुस्, ठोक्नुस् भन्नुहुन्छ। स्थिति त्यस्तो छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

‘परिस्थिति त्यस्तो छ। मिलाएर ठोकेन भने त आफैं ठोकाइ खाइन्छ। बडो मिलाइ मिलाइ अगाडि गइएको छ। यो कुरा बुझ्नुस्,’ प्रधानमन्त्री प्रचण्डले भने।

सँगै अहिले ठूला पार्टीहरूभित्रको समस्याबारे पनि चर्चा गरे। एमालेभित्र ठूला ठूला चिरा परेको भन्दै उनले राम्रो वुद्धि पुर्याउने हो भने सदुपयोग गर्न सकिने अवस्था रहेको बताए। 

‘एमालेभित्र पनि ठूला ठूला चिरा परेको छ। राम्रोसँग वुद्धि पुर्याउने हो भने त्यसलाई सदुपयोग गर्न सकिने अवस्था देखिएको छ,’ उनले भने, ‘कांग्रेस त पार्टी हो कि, पाटी हो कि, मञ्च हो कि संस्था हो बुझिसक्नु छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .