इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी घाइते भएका मध्ये दुई जना विद्यार्थी डिस्चार्ज भएका छन्।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सो जानकारी दिएकी हुन्।
प्रवक्ता लम्सालका अनुसार विद्यार्थीहरुलाई लिन आज २५० सिट क्षमताको वाइडबडी जहाज आज त्यतातर्फ जाँदैछ।
विद्यार्थीलाई प्राथमिकता दिएर पहिले स्वदेश फर्काउने लम्सालले बताइन्।
इजरायलमा २२५ जना विद्यार्थी रहेको पनि लम्सालले पत्रकार सम्मेलनमा बताइन्।
42
Shares
प्रतिक्रिया