ad ad

राजनीति


इजरायल घटनामा सरकारले संयमित ढंगले प्रतिनिधित्व गर्नुपर्छ : वर्षमान पुन

इजरायल घटनामा सरकारले संयमित ढंगले प्रतिनिधित्व गर्नुपर्छ : वर्षमान पुन

नेपालखबर
असोज २३, २०८० मंगलबार १६:२२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले इजरायल घटनासम्बन्धी उद्धारका काम सरकारले गम्भीर भएर गर्नुपर्ने बताएका छन्।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले धैयर्तापूर्वक, विवेक पु¥याएर नागरिकको सुरक्षामा सरकार लाग्नुपर्ने बताए। उनले त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्ने आवश्यकता रहेको पनि बताए। 

अफ्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा अपेक्षा गर्ने भएकाले सरकारले पीडितको उद्धारमा आवश्यक ध्यान दिन जरुरी रहेको पुनले बताए।

‘हामीले धैयर्तापूर्वक, विवेक पु¥याएर नागरिकको सुरक्षा गर्ने, त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्छ। यो राज्यकै तयारीको काम हो। अहिले यो घटनालाई सुरुवात भनिएको छ। हिजो मात्रै पनि सर्वदलीय बैठक बसेर सबै दलले सरकारलाई सहयोग छ, दल विशेष हुँदैन भन्नुभएको छ,’ उनले भने, ‘सरकारले आफ्नो तर्फबाट गर्ने काम गम्भीर भएर गर्नुपर्छ। अफ्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा गरिन्छ। अहिले राज्यको त्यो भुमिका नागरिकले अपेक्षा गरेका छन्। यसमा संयमित ढंगले प्रतिनिधित्व गर्नुपर्छ।’

सांसद पुनले जनताले राज्यसँग अभिभावकको भुमिकाको अपेक्षा गरेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .