ad ad

राजनीति


संविधान सभा सदस्य चमारसहितका नेताले एमाले छाडे, प्रचण्डले गरे स्वागत

संविधान सभा सदस्य चमारसहितका नेताले एमाले छाडे, प्रचण्डले गरे स्वागत

नेपालखबर
असोज १८, २०८० बिहिबार ११:३, काठमाडौँ

संविधान सभा सदस्य तथा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीकी सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहान चमारसहितका एमाले नेताहरुलाई आफ्नो पार्टीमा स्वागत गरे। 

प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गरेका हुन्। 

हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासंघका केन्द्रीय सदस्य हुन्। 

उनीहरुर्ला पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए।

‘पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजकन प्रतिनिधित्व हुनुपर्छ,’ नव प्रवेशीलाई स्वागत गर्दै प्रचण्डले भने, ‘पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .