ad ad

राजनीति


नेपालगञ्जको सामाजिक सद्भाव नभड्काउन राप्रपा सांसद जबराको आग्रह

नेपालगञ्जको सामाजिक सद्भाव नभड्काउन राप्रपा सांसद जबराको आग्रह

नेपालखबर
असोज १६, २०८० मंगलबार १७:२१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले नेपालगञ्ज सद्भावको शहरको रुपमा उल्लेख गर्दै त्यहाँको समाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका हुन्। 

नेपालगञ्जमा दुई समुदायबिचमा उत्पन्न भएको तनावका कारण आजै कफ्र्यु लगाउनुपर्ने स्थिति बनेको छ। सांसद जबराले दुई समुदाय बिचको तनावको कारण मोबाइलको सञ्जाल भएको भन्दै साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्न सरकारलाई आग्रह गरे।

‘हिंसाको घटनाहरू चाहे मधेश प्रदेशका होस्। चाहे अरु विभिन्न भागमा होस्। तुरुन्तै नियन्त्रणमा ल्याउनुप¥यो। यो सबैको जड भनेको मोबाइलको सञ्जाल हो। साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्नुप¥यो नत्र देशभरी चाहे गौहत्यका कुरा होस्। चाहे मासु खाने कुरा होस्। चाहे हिन्दु, मुसलमानका झडपका कुरा होस्,’ उनले भने।

उनले साइबर क्राइमलाई नियन्त्रण गर्न सकिएन भने देशका विभिन्न भागमा दंगाहरु भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले आ–आफ्नो बिरोधको कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न दुवै समुदायलाई आग्रह गरे।

‘साइबर क्राइमलाई तुरुन्तै एक्सनमा ल्याएर दोषिहरुलाई ठाउँका ठाउँ कारबाहीमा ल्याइएन भने यो देशमा विभिन्न ठाउँमा दंगाहरु भड्किने सम्भावनाहरु बढिरहेको छ। म नेपालगञ्जका दुईवटै समुदायका साथीभाई हामीहरु एउटा सद्भावको शहर भनेर नेपालगञ्जलाई बनाइरहेका छौँ,’ उनले भने, ‘त्यो सद्भावलाई कायमै राखेर सबै शान्तिपूर्ण रुपले आ–आफ्नो विरोध गर्न पाइन्छ। तर उग्र र हिंसाको बाटोलाई लिएर हाम्रो सद्भावको शहरमा अशान्तिको भावनाहरू नखल्बल्याइदिन र सद्भाव नखल्बल्याउन नेपालगञ्जवासीहरूलाई विनम्र अनुरोध गर्दछु।’

उनले संयमित भएर नेपालगञ्जको शान्ति र सुरक्षालाई कायम राख्न पनि आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .