ad ad

राजनीति


प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरु (लाइभ)


नेपालखबर
असोज १६ , काठमाडौँ

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

बैठकको शून्य समयमा सांसदहरुले आफ्ना भनाइ राखिसकेपछि ओलीले सम्बोधन गर्न थालेका हुन्। 

पछिल्लो समय सरकारका गतिविधि, देशको अर्थतन्त्र र सामाजिक अराजकता बढिरहेका बेला प्रतिपक्षी नेताले सदनमा बोल्न समयमा मागेका थिए।

उनले सुरूमै गम्भीर अपराधका दोषीहरुलाई उन्मुक्ति दिएको भन्दै सरकारको कडा आलोचना गरेका छन्। 

एसिड आक्रमणमा दोषी ठहर भएका अपराधीलाई पनि सरकारले माफी दिएर छाडेको भन्दै उनले आक्रोश पोखेका हुन्। 

यो बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि छ।

असोज १६, २०८० मंगलबार १३:५१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .