ad ad

राजनीति


एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेपालखबर
असोज १६, २०८० मंगलबार ६:५२, काठमाडौँ

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पछि पार्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन्।

खतिवडाले ५१२ प्राप्त गरेका छन् भने ढकालले ४३० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा ३५ मत बदर भएको निर्वाचन समितिका संयोजक चुडामणि आचार्यले जानकारी दिए।

एमालेभित्र खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

ओलीले कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न निर्देशन दिएपनि खतिवडा र ढकाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका थिए ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। 

सचिवमा खतिवडा प्यानलबाट राजकुमार भण्डारी विजयी भएका छन्। उनले ढकाल प्यानलबाट उम्मेदवार बनेका शैलेस लामालाई १४३ मतान्तरले पराजित गरेका छन्। भण्डारीले ५२४ र लामाले ३८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी उपसचिवमा जलवर्षा राजवंशी र देउमान राई विजयी भएका छन्। 

दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको निर्वाचनमा ७३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा ९७७ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .