ad ad

राजनीति


एमाले कर्णाली अधिवेशन : निर्वाचन कमिटीको अक्षमता, अझै गराउन सकेन मतदान

एमाले कर्णाली अधिवेशन : निर्वाचन कमिटीको अक्षमता, अझै गराउन सकेन मतदान

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १३:२, सुर्खेत

असोज १० गतेबाट सुरु भएको नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन जारी छ। 

प्रदेश राजधानी वीरेन्द्रनर सुर्खेतको सिटीहलमा जारी अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ। 

असोज १३ गते दिउँसो साढे १२ बजेदेखि ६ बजेसम्मलाई मतदान गर्ने समय तोकिएको थियो। 

तर, प्रदेश अधिवेशन निर्वाचन कमिटीले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदान आइतबार (असोज १४) गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकेर स्थगित भएको थियो। 

मतपत्र छपाईमा ढिलाइको कारण देखाउँदै प्रदेश अधिवेशन निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया लम्ब्याउँदै गएको छ। 

एमाले अधिवेशनमा ८ सदस्यीय प्रदेश निर्वाचन कमिटी निर्माण गरिएको छ। उक्त निर्वाचन कमिटीले आफैले निकालेको निर्वाचन कार्यातालिको पालना गर्ने सकेको छैन। 

यस्तै, निर्वाचन कमिटीले समयमै मतदान गराउन नसक्नुले निर्वाचन कमिटीको काम नै असक्षम देखिएको छ। 

प्रदेश निर्वाचन कमिटीको प्रमुख निर्वाचन अधिृकतमा मातृकाप्रसाद खानाल, निर्वाचन अधिृकतमा रामबाबु बीसी, सहदेवजंग शाह, अनिता तिमिल्सिना र वेदप्रकाश ढकाल रहेका छन्। 

यस्तै, सदस्यमा बाबुराम दाहाल, निर्वाचन कमिटीको सचिवालय सदस्यामा हस्तराज रेग्मी र खगेन्द्रबहादुर खनाल रहेका छन्। 

यि निर्वाचन सदस्यमध्ये केही निर्वाचन समितिले उम्मेदावहरुको नामावली छुटाएको, भूगोल खुला उम्मेदवारलाई खुलामा र खुलामा उम्मेदावरी दिएका उम्मेदावरको नाम अर्को निर्वाचन क्लस्टरमा पारेको उम्मेदवारहरुले अरोप लगाएका छन्। 

एमाले प्रदेश कमिटी सदस्य पदका एक उम्मेदवारले भने, ‘मैले भूगोलतर्फ उम्मेदवारी दिएको थिएँ। निर्वाचन कमिटीको लापरबाहीका कारण मेरो उम्मेदवारी खुला सदस्यमा परेको छ। यसको जवाफ निर्वाचन कमिटीले दिन सकेको छैन।’

यस्तै, प्रदेश निर्वाचन कमिटीका एक जना निर्वाचन अधिकृतले एमालेका एक केन्द्रीय सदस्यलाई फोनमा कुरा गर्दै ‘म तपाईंको गुटको होइन, अर्को गुटको हुँ त्यो गुटकाले भनेको मान्छु र त्यसै अनुसार अगाडि बढ्छौँ’ भनेको कुरासमेत बाहिर आएको छ। 

यता यी विवषयहरुमा प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनाललाई बुझ्न खोज्दा आफू मतदानबारेको बैठकमा भएको जानकारी दिएका छन्।  यस्तै, निर्वाचन अधिृकत रामबाबु बीसीले मोबाइल अफ गरेर छन्। 

यस्तै, आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्ने हुने भनिएको मतदान यो समाचार तयार पर्दा सम्म पनि सुरु हुन सकेको छैन्। 

यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा एमाले महासचिव शंकर पोखरेलबीच नै दुई गुट बनेर नेताहरु निर्वाचनामा होम्मिएमका छन्। 

अध्यक्षमा कालिकोटका मीनबहादुर शाही र सल्यानका गुलाजंग शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। 

उपाध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने छ। जसमा शाहको टिमबाट टेकराज पछाई र शाहीको टिमबाट लालबहादुर महतरा चुनावी मैदान छन्। 

यस्तै, उपाध्यक्षमा मुगुका दानसिंह परियार पनि उम्मेदवार बनेका छन्। यस्तै, सचिव पदमा शाहीको टिमबाट दैलेखका रुद्रबहादुर शाही र शाहको टिमबाट सुर्खेतका ध्रुबकुमार शाही उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .