ad ad

राजनीति


सामाजिक सद्‌भाव बिथोल्न ‘केही स्वार्थ समूह’ सक्रिय, धरान र मलंगवा घटना नियोजित- रास्वपा

सामाजिक सद्‌भाव बिथोल्न ‘केही स्वार्थ समूह’ सक्रिय, धरान र मलंगवा घटना नियोजित- रास्वपा

रास्वपा सभापति रवि लामिछाने


नेपालखबर
असोज ११, २०८० बिहिबार ११:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न ठाउँमा धार्मिक तथा जातीय सद्‌भाव खलबल्याउन ‘केही स्वार्थ समूह’ सक्रिय रहेको दाबी गरेको छ।

उनीहरूकै योजनाअनुसार केही समयअघि सुनसरीको धरान र सर्लाहीको मलंगवामा धार्मिक/साम्प्रदायिक सद्‌भाव विथोल्ने घटना गराइएको निष्कर्ष रास्वपाले निकालेको छ। 

‘तर, हाम्रो घनिष्ठ सामाजिक सम्बन्धले त्यसलाई सफल हुन दिएन’, बुधबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयमा भनिएको छ। 

उक्त बैठकमार्फत रास्वपाले सामाजिक सद्‌भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसंख्यकको पहिचानको सम्मान गर्न सबैमा अपिल पनि गरेको छ। 

‘रास्वपाको यो बैठक सामाजिक सद्‌भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसंख्यकको पहिचानको सम्मान गर्न सबैमा अपील गर्दछ’, बिहीबार बिहान जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, जुनसुकै धर्मावलम्बी वा समुदायको भावनालाई जुनसुकै आवरणमा चोट पुऱ्याई सामाजिक सद्‌भाव विथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .