ad ad

राजनीति


भारी मनसहित माधव नेपालले लेखे– ‘हार्दिक श्रद्धाञ्जली कमरेड सुवास!’

भारी मनसहित माधव नेपालले लेखे– ‘हार्दिक श्रद्धाञ्जली कमरेड सुवास!’

फाइल तस्बिर : माधव नेपाल


नेपालखबर
भदौ २६, २०८० मंगलबार ७:४१, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले संसदीय दलका उपनेता नेम्वाङको हृदयाघातका कारण गएराति करिब २ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। 

नेम्वाङको अकस्मात् र अकल्पनीय रूपमा भएको निधनने आफू मर्माहत भएको उल्लेख गर्दै अध्यक्ष नेपालले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। यस क्रममा अध्यक्ष नेपालले नेम्वाङसँग लामो समय राजनीतिमा गरेको सहकार्य पनि सम्झिएका छन्। 

‘संविधानसभाका अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् मसँग लामो राजनीतिक सहकार्य गर्नुभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो’, नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जन्मपछि मुत्यु शाश्वत सत्य भए पनि अकस्मात् र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मनसहित लेख्दै छु, ‘हार्दिक श्रद्धाञ्जली कमरेड सुवास’! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना!’

यस्तो छ, माधव नेपालले लेखेको पूरा कुरा
हार्दिक श्रद्धाञ्जली कमरेड सुवास! 

संविधानसभाका अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् मसँग लामो राजनीतिक सहकार्य गर्नुभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो। 

एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा विद्यार्थी राजनीति हुँदै कोअर्डिनेशन केन्द्र, नेकपा माले र नेकपा एमाले पार्टी निर्माण एवम् विस्तारमा उहाँले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन्। केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाज रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने दृढ मान्यता सहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्वाङसँग राजनीतिक र सामाजिक जीवनका अनेकौँ सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू सम्झिएको छु र उहाँको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दछु। 

कमरेड नेम्वाङको पार्थिव शरीर भएको स्थान त्रिवि शिक्षण अस्पताल र उहाँको निवासमा पुगेर पार्थिक शरीर एवम् परिवारजनलाई भेटेर भर्खर फर्किंदै छु, जन्मपछि मुत्यु शाश्वत सत्य भए पनि अकस्मात् र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मनसहित लेख्दैछु, ‘हार्दिक श्रद्धाञ्जली कमरेड सुवास’! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .