ad ad

राजनीति


माधव र बाबुरामलाई पक्राउ नगरेसम्म आन्दोलन गर्ने राप्रपाको चेतावनी

गौहत्याको विरोधमा २७ गते प्रदर्शन गर्ने
माधव र बाबुरामलाई पक्राउ नगरेसम्म आन्दोलन गर्ने राप्रपाको चेतावनी

नेपालखबर
भदौ २५, २०८० सोमबार १९:२३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म आन्दोलन गर्ने चेतावनी दिएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले यस्तो चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए।

उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुन्छ। त्यसको शुरुवात २७ गतेबाट सुरु हुन्छ। यो प्रधानमन्त्रीलाई खुला चुनौति हो।’

उनले थपे, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौति दिन चाहन्छ, अब तपाइका आन्दोलन गर्ने दिन गए। जनताले प्रधानमन्त्री बनाएका हुन्। जनताको काम गरौँ। जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर थचक्क लाएर घरमा बसौँ। होइन भने ज्यादा फुरफुर नगरौँ। आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौँ । राष्ट्रवादी शक्तिले देखाउँछौ। राष्ट्रियता, धर्म निरपेक्षताको बिरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको बिरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने जनाएको छ। आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ।

प्रवक्ता शाहीले हिन्दुहरुको आस्थामाथि आक्रमण गरिएको भन्दै सो काम गर्नेहरु अतिवादी भएको बताए।

उनले आफूहरु धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै र्धम, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .