प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौं जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्ने दाबी गरेका छन्।
सोमबार विराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देशसभामा बोल्दै उनले सामाजिक सद्भाव खल्बलाउने र जातीय द्धन्द्ध भड्काउन खोज्नेहरूसँग सतर्क रहनुपर्ने बताए।
‘विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ। एकथरि मान्छेहरू सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धी उल्टाउने बहाना खोजिरहेका छन्। त्यसमा हामी सतर्क रहनुपर्छ। परिवर्तनका पक्षमा लाखौं जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ,’ उनले भने।
साथै, उनले यसपटक कुरा भन्दापनि काम र एक्सनबाट केही नयाँ गर्न चाहेको सुनाए।
‘यसपटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु। जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ,’ उनले भने।
Shares
प्रतिक्रिया