ad ad

राजनीति


दलहरुको सहमतिले सभामुख घिमिरे खुसी

दलहरुको सहमतिले सभामुख घिमिरे खुसी

सभामुख देवराज घिमिरे। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
भदौ ६, २०८० बुधबार १६:६, काठमाडौँ

एक महिनादेखि संसद्‍मा देखिएको अवरोध हटाउन दलहरु सहमत भएपछि सभामुख देवराज घिमिरेले प्रसन्नता प्रकट गरेका छन्।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उनले एक महिनादेखि अवरुद्ध संसद खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरेका हुन्।

सदन खोल्न आफूले पनि सक्दो कोसिस गरेको उनले बताएका छन्। 

‘सदन खोल्न मैले पटक पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गरेको स्मरण गराउँदछु’, उनले भने, ‘प्रमुख सचेतकहरु, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौँ। तर, संसदीय व्यवस्थामा दलहरु नै प्रमुख हुन्।’ 

उनले बुधबार भएको दुई बुँदे सहमतिले सदन अवरोध खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुरा प्रष्ट भएको बताए। घिमिरेले संसदीय गरिमालाई उँचो राख्न सबैले प्रयत्न गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .