ad ad

राजनीति


एक महिनापछि खुल्यो संसद् (लाइभ)


नेपालखबर
भदौ ६ , काठमाडौँ

साउन १० गतेयता अवरुद्ध संसद् बुधबार बसेको छ। उक्त संसद् बैठकका लागि बुधबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुन तस्करीबारे उच्चस्तरीय आयोग बनाउन सातवटा दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने निर्णय गरेको थियो।

त्यहीअनुसार अहिले खड्काले बुधबार सात दलबीच भएको २ बुँदे सहमतिको ब्रिफिङ गरिरहेका छन्। 

त्यसपछि दलीय आधारमा बोल्नका लागि सांसदहरुले बोल्न एक घण्टा ३० मिनेट समय निर्धारण गरिएको छ। 

भदौ ६, २०८० बुधबार १६:१३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .