ad ad

राजनीति


एक महिनापछि बस्दै संसद्, दलहरुको सहमतिबारे उपप्रधानमन्त्री खड्काले बोल्ने

एक महिनापछि बस्दै संसद्, दलहरुको सहमतिबारे उपप्रधानमन्त्री खड्काले बोल्ने

कार्यव्यवस्था परामर्श समितिको बैठक। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
भदौ ६, २०८० बुधबार १५:५९, काठमाडौँ

साउन १० गतेयता अवरुद्ध संसद् बुधबार बस्दैछ। उक्त संसद् बैठकका लागि बुधबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुन तस्करीबारे उच्चस्तरीय आयोग बनाउन सातवटा दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने भएका छन्।

त्यसपछि दलीय आधारमा बोल्नका लागि सांसदहरुलाई एक घण्टा ३० मिनेट समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ। 

एमालेले एक महिनादेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै आएको थियो।

एमालेको मागअनुसार सात दलले उच्चस्तरीय आयोग बनाउन सहमतिसहित बुधबार हस्ताक्षर गरेका छन्। यो समितिले आगामी असोज ५ गतेदेखि काम थाल्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .