ad ad

राजनीति


चलचित्र सम्बन्धी कानुन छिट्टै परिमार्जन हुन्छ : सञ्चारमन्त्री शर्मा

चलचित्र सम्बन्धी कानुन छिट्टै परिमार्जन हुन्छ : सञ्चारमन्त्री शर्मा

नेपालखबर
साउन २१, २०८० आइतबार २१:२, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रसम्बन्धि विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताएकी छिन्।

पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्माले बताइन्। 

‘यस क्षेत्रको विकासका निम्ति, यस क्षेत्रमा आफ्नो जीवन गुजार्ने व्यक्तित्वहरुलाई सम्मान गर्न कसरी सकिन्छ? के सकिन्छ भन्ने विषयमा पनि हाम्रो चलचित्र विकास बोर्ड छ। चलचित्र बोर्डसँग हामी छलफल गर्नेछौं। सरसल्लाह गर्नेछौं,’ उनले भनिन्, ‘चलचित्र बोर्डमार्फत् यहाँहरुको योगदानलाई, यहाँहरुको भूमिकालाई हामीले अघि बढाउने कोशिस गर्नेछौं। हिजो ब्लाकेन ह्वाईटबाट सुरु भएको सिनेमा आज आज डिजिटल सिनेमामा प्रवेश गरिसक्यो। हामीसँग नियम, कानुन धेरै पुराना छन। चलचित्र विकास बोर्डले एउटा ऐन ड्राफ्ट गरेर पठाएको छ।’

भुवन–चैत्य–बसुन्धरा फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनाँले ब्लाकेनह्वाईट युगबाट सुरु भएको नेपालको चलचित्र क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेकाले विज्ञहरुको सुझावको आधारमा त्यसम्बन्धि कानुनलाई सरकारले परिमार्जन गर्दै अघि बढाउने योजना बनाएको पनि बताइन्। 

मन्त्री शर्माले नेपाली चलचित्रलाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्वालिटीमा ध्यान दिन जरुरी रहेको बताइन्। 

‘अब त्यहाँबाट केही थप गर्न पर्‍यो भने, थुप्रै सुझावहरु आए। त्यसलाई परिमार्जन गरौं भनेर चलचित्र विकास बोर्डमा फेरी आएको छ। र, हामी त्यसलाई छिटो भन्दा छिटो पारित गरेर यस क्षेत्रको विकासका निम्ति हामी अगाडि बढन खोज्दैछौं,’ मन्त्री शर्माले भनिन्, ‘म छोटोमा के भन्न चाहन्छु भने नेपालको स्वदेशी चलचित्र, आफ्ना स्वदेशी कलाकारहरु विस्तारै विदेश चलचित्रहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने, त्यहाँ अगाडि जान नसक्ने स्थितिमा पुगेका छन। कतिपय अवस्थामा राज्यले नीतिगत रुपमै व्यवस्था गर्नुपर्छ भने कतिपय हामीले हाम्रो क्वालिटीमा नै व्यवस्थापन गर्नु पर्नेछ।’

मन्त्री शर्माले नेपालको चलचित्र क्षेत्रलाई विदेशी चलचित्रहरुसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले आवश्यक नीतिगत निर्णय लिने पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .