ad ad

राजनीति


सरकारले गर्‍यो राजस्वबाटै १० खर्ब १० अर्ब आम्दानी, कुन शीर्षकमा कति?

सरकारले गर्‍यो राजस्वबाटै १० खर्ब १० अर्ब आम्दानी, कुन शीर्षकमा कति?

नेपालखबर
साउन १८, २०८० बिहिबार २०:४५, काठमाडौँ

गत आर्थिक वर्ष अर्थात् असार मसान्तसम्ममा सरकारले राजस्वबाट १० खर्ब १० अर्ब रुपैयाँ संकलन गरेको छ। 

अर्थमन्त्रालयले सार्जजनिक गरेको रिर्पोट अनुसार राजस्व कर ८ खर्ब ६५ अर्ब ६१ करोड ९६ लाख, बाँकी गैरकर राजस्व पाएको हो। 

अर्थमन्त्रालयका अनुसार गैरकर राजस्वतर्फ ९१ अर्ब ५३ करोड ४१ लाख र अन्य प्राप्ती ५३ अर्ब २४ करोड ५ लाख समेत गरी जम्मा १० खर्ब १० अर्ब ३९ करोड ४२ लाख राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोडको तुलनामा ७२ प्रतिशत राजस्व संकलन भएको हो। 

कुन शीर्षकमा कति आम्दानी?
भन्सार महसुलतर्फ ३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ८५ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। भ्याटमा २ खर्ब ८६ अर्ब संलकन भएको छ। जसमा उत्पादन बिक्री सेवामा भ्याट १ खर्ब १७ अर्ब र पैठारी भएका वस्तुको भ्याटमा १ खर्ब ६८ अर्ब संकलन भएको हो। 

अन्तःशुल्कमार्फत् १ खर्ब ४३ अर्ब रुपैयाँ  संकलन भएको छ। जसमा आन्तरिक उत्पादनको अन्तःशुल्कमा १ खर्ब १० अर्ब र पैठारीतर्फको अन्तःशुल्कमा ३२ अर्ब रुपैयाँ संकलन भएको हो। 

शिक्षा सेवा शुल्कमा २ अर्ब रुपैयाँ संकलन भएको छ। 

आयतकर २ खर्ब ५१ अर्ब रुपैयाँ संकलन भएको छ। त्यसमा आयकर नै शीर्षकमा २ खर्ब १८ अर्ब रुपैयाँ छ भने आयकरभित्रैकै ब्याज करमा ३२ अर्ब रुपैयाँ संकलन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .