ad ad

राजनीति


रास्वपाले आज बझाङ र रुपन्देही घटनाबारे छलफल गर्ने, को को पर्लान् कारबाहीमा?

रास्वपाले आज बझाङ र रुपन्देही घटनाबारे छलफल गर्ने, को को पर्लान् कारबाहीमा?

फाइल तस्बिर : रास्वपा सभापति रवि लामिछाने


नेपालखबर
साउन १८, २०८० बिहिबार ११:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केही नेता तथा कार्यकर्तालाई कारबाही गर्ने तयारी गरेको छ। 

आज केन्द्रीय समितिको बैठक राखेर रास्वपाले अनुशासन एवं आचरणविपरीत काम गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्ने भएको हो।  

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार आज अपराह्न ४ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्नेछ। 

‘अनुशासन एवं आचरणसम्बन्धी नियमावलीउपर छलफल एवं निर्णय गर्ने एजेन्डा छ’, ढकालले नेपालखबरसँग भने, ‘त्यस्तै बझाङ र रुपन्देही घटनाका बारेमा पनि एजेन्डा राखिएको छ।’ 

यही साउन ८ गते बझाङमा होटल होलिडे इनका सञ्चालकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निर्देशनमा नेपाल पत्रकार महासंघ बझाङ शाखाका सदस्यसमेत रहेका पत्रकार सुनिल मण्डेललाई अपहरण गरी कुटपिट गरेका थिए। 

यस्तै गत असार २८ गते रुपन्देहीमा रास्वपाका दुई गुटमा विभाजित कार्यकर्ताहरूबीच पार्टीको सैनामैना नगर समितिको कार्यालयमै कुटाकुट भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .