ad ad

राजनीति


रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

नेपालखबर
साउन १८, २०८० बिहिबार ८:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहीबार) केन्द्रीय समितिको बैठक राख्ने भएको छ। 

आज अपराह्न ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए। 

‘समसामयिक विषयमा छलफल गर्न लागिएको हो’, उपसभापति अर्यालले भने, ‘अपराह्न् ४ बजे पार्टी कार्यालयमा बस्छ।’

रास्वपामा पार्टीको राजनीतिक दस्तावेजबारे छलफल जारी छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजलाई अन्तिम रूप दिन रास्वपाले १७ सदस्यीय कार्यदल गठन गरेको छ। 

यस्तै रास्वपाले आगामी मंसिरमा पार्टीको पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा ३९ सदस्य छन्। रास्वपाको विधानमा भने केन्द्रीय सदस्यको संख्या १ सय २१ रहने भनिएको छ।

बाँकी सदस्य मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट पूर्ति गरिने रास्वपाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .