ad ad

राजनीति


उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ : बाँस्कोटा

उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ : बाँस्कोटा

नेपालखबर
साउन १५, २०८० सोमबार १८:२५, काठमाडौँ

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलबारसम्मको समय मागको बताएका छन्। 

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंगलबारसम्मको समय माग गरेकाले आजको प्रतनिधि सभा बैठक बस्न नसकेको बताए। 

उनले सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद सुचारु हुने बताए। उनले सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए।

‘सरकारले भोलिसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न। भोलि बनायो भने संसद चल्छ। सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाओस्,’ उनले भने, ‘जे साँचो हो, त्यो बाहिर ल्याइदिऔं। की सरकार अनुसन्धान गर्न चाहँदैन? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ।’

सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .