ad ad

राजनीति


मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८० बिहिबार १२:४८, काठमाडौँ

राष्ट्रियसभाको आज (बिहीबार) को दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याज पीडितका समस्या सम्बोधन गरी पीडकलाई कारबाही प्रयोजनका लागि सो विधेयक ल्याइएको हो। 

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रियसभाले संशोधन स्वीकार गरी पुनःपारित गरेको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सो विधेयकबारे छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ। 

सभाको आजको पहिलो बैठकमा सचिव डा. सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो। सभाको अर्को बैठक यही साउन १८ गते बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .