ad ad

राजनीति


बजेटबाट मन्त्री र विचौलियाबाहेक अरु खुसी छैनन् : तारामान स्वाँर

बजेटबाट मन्त्री र विचौलियाबाहेक अरु खुसी छैनन् : तारामान स्वाँर

नेपालखबर
असार २६, २०८० मंगलबार १५:७, काठमाडौँ

राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र विचौलियाहरू बाहेक सबै असन्तुष्ट रहेको बताएका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सत्ता पक्ष भएकाले आफूहरुले बजेट पास गर्नुपर्ने बाध्यता भएपनि सन्तुष्टिका साथ पास नहुने बताए। खर्च कटौतिको प्रस्ताव पेस गर्नुको स्थानमा बजेट संशोधनसहित अघि बढाउने प्रणालीको विकास गर्न जरुरी रहेको उनले बताए। 

‘अन्य विधेयकमा जस्तै आर्थिक विधेयकमा पनि यहाँ मान्यज्युहरुले खर्च कटौतिको प्रश्ताव पेस गर्नुभयो। खर्च कटौतिको प्रस्ताव होइन, संशोधनसहित परिमार्जन गर्ने प्रणालीको निर्माण गर्नुपर्छ। सत्ता पक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरु मिलेर आर्थिक प्रणाली र बजेट प्रणाली परिवर्तन गर्न प्रयास गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रालयगत विनियोजनसम्म आउँदा प्रतिपक्षका मात्रै होइन, हामी सत्ता पक्षका मान्यहरु समेत सन्तुष्ट छैनौँ। केही नेता र मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट छन्। प्रतिनिधि सभामा त पारित भइसकेको छ, सत्ता पक्षका हामी सांसदले पारित त राष्ट्रिय सभामा पनि गरौँला तर सन्तुष्टिका साथ होइन।’

राष्ट्रिय सभा सदस्य स्वाँरले सत्तापक्षकै सांसदहरुले पनि बजेट सन्तुष्टिका साथ पास गर्ने स्थिति नरहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .