ad ad

राजनीति


संसद्‌मा प्रधानमन्त्रीले भने- मैले त्यस्तो भाषा बोल्न हुँदैन थियो

प्रितम सिंहबारे प्रधानमन्त्रीमा संसदमा के भने?
संसद्‌मा प्रधानमन्त्रीले भने- मैले त्यस्तो भाषा बोल्न हुँदैन थियो

संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २५, २०८० सोमबार १६:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पुस्तक विमोचन कार्यक्रममा गरेको सम्बोधनमा भन्न नपर्ने कुरा बोलिएको स्वीकार गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएर बोल्न नहुने कुरा त्यो दिन बोलेको बताएका हुन्। 

‘मलाई त्यो कुरा भन्नुपर्ने थिएन। नभने हुन्थ्यो। जरुरी थिएन। तर मैले भनेँ। मनमा आयो भनेँ। के मैले राष्ट्रपति नै घात गर्ने कुरा हो त यो?,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यति सहज र स्वभाविक कुरा प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो। त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, म ज्ञानुको बुवा भएर बोलेँ।’

उनले भारतीय व्यवसायी प्रितम सिंहसँग आफ्नो सम्बन्ध पारिवारिक भएको बताए। 

प्रितम सिंहबारे प्रधानमन्त्रीमा संसदमा के भने?
प्रितम सिंहसँगको सम्बन्ध विस्तारै पारिवारिक बन्दै गएको थियो। छोरीको उपचारको क्रममा उहाँले मेरो आफ्नै घर छ दिल्लीमा भनेपछि प्रकाश दाहालले प्रितम सिंहको आफन्तसँग घनिष्ट मित्रता भएको थियो। अंगद भन्ने। त्यो मित्रताका कारणले पनि त्यही घरमा लगेको हो। त्यहाँ लगेको केही समयपछि मैले छोरीको स्वास्थ्यस्थितिको पनि अवलोकन गर्ने र बुझ्ने गएको बेलाको कुरा हो यो। 

यो कुरा न हिजो अस्तिको हो, यो ०६८-०६९ सालको कुरा हो। म जाँदा सरदार प्रितम सिंह र उहाँको परिवार पनि त्यहीँ हुनुुहुन्थ्यो।

त्यसबेलामा उहाँले प्रधानमन्त्री त तपाँई बन्नुपर्छ। मैले दिल्लीमा पनि कुरा गर्ने गरेको छु, नेपालमा पनि तपाईंलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने गरेको छु। मैले उहाँलाई धन्यवाद दिँदै अहिले त्यो स्थिति छैन भनेको थिएँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .