ad ad

राजनीति


शीर्ष नेताहरूको मुड नचल्दा संसद नचल्ने विषय रास्वपाका लागि स्वीकार हुँदैन : रवि

शीर्ष नेताहरूको मुड नचल्दा संसद नचल्ने विषय रास्वपाका लागि स्वीकार हुँदैन : रवि

नेपालखबर
असार २५, २०८० सोमबार १६:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले शीर्ष नेताहरूको मुड नचल्दा संसद नचल्ने विषय आफ्नो पार्टीका लागि स्वीकार्य नभएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

‘सदनमा यत्रा कामहरू सदनमा छन्, यत्रा कामहरू हुँदा हुँदा शीर्ष नेताहरूलाई मुड नचल्दा यो सदन रोकिन्छ सभामुख महोदय? यो कदापी स्वीकार्य छैन,’ लामिछानेले भने, ‘जनताको मुद्दामा संसद् रोकिन्छ भने रोकियोस् तर नेताहरूको मुद्दामा संसद रोकिने कुरालाई रास्वपाले स्वीकार गर्दैन।’

उनले आफ्नो पार्टीबाट दर्ता भएको संकल्प प्रस्तावबारे केही नभएको गुनासो गरे। 

‘हाम्रो दलले तीनवटा संकल्प प्रस्ताव दर्ता भएको छ त्यसमा पनि केही भएको छैन,’ सभापति लामिछानेले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .