ad ad

राजनीति


राजेन्द्र लिङ्देनले भने : नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

राजेन्द्र लिङ्देनले भने : नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

संसद्‍मा बोल्दै सांसद राजेन्द्र लिङ्देन। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २५, २०८० सोमबार १६:४१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन्।

सोमबार बसेको संसद् बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’, उनले भने, ‘तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले थोरै बोली चिप्लिँदा नैतिकताका आधारमा राजीनामा दिनु भएको थियो। यो राष्ट्रको सार्वभौम सत्ताको विषयमा यस्तो कुरा आउनु सामान्य कुरा होइन।’

उनले प्रधानमन्त्री र प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट गम्भीर आक्षेप लगाउने गरी विज्ञप्ति निकालिएकोमा पनि आपत्ति जनाए। 

‘प्रधानमन्त्रीको अभिव्यक्तिको प्रतिवाद गर्दा मिटरब्याजीविरुद्धको विधेयक रोकियो भनियो’, उनले भने, ‘भ्रष्टाचारविरोधी अभियान रोकियो भन्ने आरोप लगाइयो। राजीनामा दिने नदिने हाम्रो दबाबले मात्रै हुँदैन। यो प्रधानमन्त्रीको नैतिकताको विषय हो। यो भन्दा अर्को नैतिकताको विषय अरु हुँदैन।’

अध्यक्ष लिङ्देनले यदि नैतिकता बाँकी रहेको भए प्रधानमन्त्रीले सत्तामा बसिरहन नमिल्ने पनि दोहोर्‍याए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .