ad ad

राजनीति


संसद्‌मा रविको गुनासो- प्रधानमन्त्रीको अभिव्यक्तिबारे हाम्रो कुरा स्पष्ट राख्न पाएनौं

संसद्‌मा रविको गुनासो- प्रधानमन्त्रीको अभिव्यक्तिबारे हाम्रो कुरा स्पष्ट राख्न पाएनौं

तस्बिर : सरोज बैजु


नेपालखबर
असार २५, २०८० सोमबार १६:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफ्ना कुराहरू संसद्मा स्पष्ट राख्न नपाएको गुनासो गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै पार्टी सभापति समेत रहेका लामिछानेले आफ्नो धारणा स्पष्ट पार्न नपाई जालसाँझी भएको गुनासो गरे।

‘हामीले हाम्रा कुरा स्पष्ट राख्न पाएनौं। हाम्रा कुरा राख्न नपाइ प्रमुख प्रतिपक्षी दलको जुन भाषा हो हाम्रो पनि त्यही हो भन्ने कुरा जालसाझिपूर्ण क्रियाकलाप भयो हाम्रो त्यसमा ध्यानाकर्षण छ,’ सभापति लामिछानेले भने। 

उनले आफूहरू प्रतिपक्षीको बेन्चमा भएको भन्दै सरकारले गरेको राम्रा कामहरूको प्रसंशा गर्ने पनि बताए।

रास्वपा अफ्नो अस्तित्वका साथ संसदमा उभिएको दाबी गरेका छन्। 

‘रास्वपा अरू कुनै दलको होइन आफ्ना मुद्दामा उभिएको छ। आफ्नै स्वतन्त्र अस्तित्वका साथ उभिएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ, त्यसमा प्रधानमन्त्रीले खुलेर सदनलाई बताउनुपर्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .