ad ad

राजनीति


वनमन्त्रीको गुनासो : वनको जग्गामा नेताले आँखा लगाउँछन्, डीएफओले टेर्दैनन्

वनमन्त्रीको गुनासो : वनको जग्गामा नेताले आँखा लगाउँछन्, डीएफओले टेर्दैनन्

नेपालखबर
असार २१, २०८० बिहिबार १८:६, काठमाडौँ

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री महतोले वनको जग्गामा नेताहरुको ठूलो आँखा लाग्ने गरेको बताएका हुन्।

उनले नेताहरुले वनको जग्गा किन्नका लागि राजनीतिक दबाब दिने गरेका बताए। उनले हाइड्रोपावरका अड्किएका काम गर्न फाइल ल्याउनका लागि आफूले निर्देशन दिएको भएपनि आफ्नो टेबलमा हालसम्म फाइल नआइपुगेको बताए।

उनले भने, ‘वनको जग्गामा पब्लिक भन्दापनि नेताहरुको आँखा ठूलो लाग्ने। अनि राजनीतिक दबाब। अनि के–के छुटेजस्तो ठूल्ठूला नेताहरु खाली जंगलको जग्गा किन्नुपर्यो, त्यहाँ यो गर्दिनुपर्यो। त्यहाँ त्यो गर्दिनुपर्यो। सबैको आँखा जंगलमा जान्छ। म आएपछि हाइड्रोपावरको कतिवटा फाइल छ ल्याइदिनुस् भन्दा एउटा पनि आउँदैन टेबलमा। प्रक्रिया यति झन्झटिलो छ, कागज एक ठाउँबाट अर्को ठाउँमा पुग्दै महिना, दुई महिना त त्यसैमा लाग्छ। अहिले सबभन्दा समस्या भएको सबै प्रदेशमा छ।’

उनले डीएफओले समेत मन्त्रीको कुरा नसुन्ने बताए। डिएफओलाई रुख, र जग्गा कति छन् छुट्याएर पठाउने निर्देशन दिएपनि निर्देशन सुन्दै नसुन्ने उनको भनाई छ। तर व्यापारी गएर लेनदेनको कुरा गरेमा भने डिएफओले काम गर्ने गरेको उनले बताए।

उनले भने, ‘डिएफओलाई यहाँबाट फोन गर्यो त्यहाँ कति वटा रुख छ, कति जग्गा छ छुट्टयाएर पठाइदेउ भन्दाखेरी मरिगए डिएफओले सुन्दैन। सुन्दै सुन्दैन उसले। व्यापारीहरुले त्यहाँ गएर आफ्नो लेनदेनको कुरा गर्यो भने उसले तुरुन्त पठाउने। अब त्यो छैन भने छ, सात महिना कुर्ने भनेजस्तो छ। यो काम गर्न अफ्ठ्यारो छ।’

उनले काठ तौलिने सूत्रका कारण नेपालको काठ बिक्री वितरण हुन नसकेको बताए। उनले सूत्रका कारण काठको मूल्य बढी भएको र त्यसकारण बिक्री हुन नसकेको बताए। यद्यपी यस सम्बन्धमा निर्णय गर्नका लागि मन्त्रालयले एउटा समिति निर्माण गरीसकेको उनले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .