ad ad

राजनीति


७० हजारको ज्यान लाने चीनको त्यो भूकम्प : गृहमन्त्रीले अवलोकन गरे छोटो समयमा पुनर्निर्माण भएको क्षेत्र

७० हजारको ज्यान लाने चीनको त्यो भूकम्प : गृहमन्त्रीले अवलोकन गरे छोटो समयमा पुनर्निर्माण भएको क्षेत्र

नेपालखबर
असार १६, २०८० शनिबार १०:७, काठमाडौँ

चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन्।

सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो। चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ। सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ। सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो।

भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा भएको पुनःनिर्माण तथा भूकम्पको अध्यान अवलोकन गर्नका लागि रूपमा वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .