ad ad

राजनीति


रास्वपा राजनीतिक अस्थिरताको पक्षमा छैन : सभापति लामिछाने

रास्वपा राजनीतिक अस्थिरताको पक्षमा छैन : सभापति लामिछाने

नेपालखबर
असार १४, २०८० बिहिबार २०:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए।
 
‘हामी अस्थिरताको खेलमा छैनौँ। मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने। रास्वपा अहिले सङ्गठन निर्माणका क्रममा रहेको उनको भनाइ थियो। सङ्गठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उनले बताए।
 
फरक प्रसङ्गमा उहाँले सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गरे। उनले भने, ‘अहिले मुलुकको जुन अवस्था छ। अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो। तर त्यो हुन सकेन।’बजेट संसद्बाट पास हुनुलाई स्वाभाविकरुपमा लिएको बताउँदै उनले अहिलेको बजेट नियमित बजेट जस्तो भएको बताए। 

‘अहिलेको बजेटबाट व्यापारी, वैदेशिक दातृ निकायलगायतका संस्था खुसी हुन सकेका छैनन्,’ लामिछानेले भने। 

इतिहासमा पहिलो पटक मतदानबाट बजेट पास भएको बताउँदै उनले नागरिकको आवश्यकता सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .